काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको छ ।

बुक बल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष ६२ संस्थाहरुले निवेदन पेश गरेकोमा बोर्डले ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न  स्वीकृति प्रदान गरेको हो ।

धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको र वास्तविक क्षेत्रका केही कम्पनीहरुले यस विधिमार्फत् धितोपत्रको सार्वजनिक निष्काशन गर्न तयारी समेत गरिरहेको सन्दर्भमा बोर्डले इच्छुक संस्थाहरुलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति लिन निवेदन पेश गर्न सूचना आह्वान गरे अनुरुप ६२ संस्थाहरुले निवेदन पेश गरेका थिए । 

निवेदक संस्थाको वित्तीय तथा व्यवस्थापन पक्षको अध्ययन गरी निर्देशिका बमोजिमको कागजात तथा विवरण पेश गरेका ४६ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न बोर्डले स्वीकृति प्रदान गरेको बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

बोर्डबाट स्वीकृति प्राप्तयोग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीति लगायतका विवरणको अध्ययनको आधारमा सूसुचित तवरले धितोपत्रको आशयमूल्य पेश गरी प्रारम्भिक सार्वजनिक निष्काशनको मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत् धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने बोर्डले दाबी गरेको छ । 

स्वीकृति पाएका संस्थाको सूची यस्तो छः