-प्रकाश बन्जारा 
युएई । युएईको अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको हिमाल रेमिटले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशिको  उपहार योजना घोषणा गरेका छन ।

युएईभरि ६० भन्दा बढी शाखा भएको अल फरदान एक्सचेञ्जबाट हिमाल रेमिटमार्फत पैसा पठाउने जो कोही नेपाली ग्राहक यो योजनामा सहभागी बन्न सकिने हिमाल रेमिटका प्रतिनिधि गोकुल ज्ञवालीले जानकारी दिएका  छन् ।

अक्टोबर १ देखि लागू भएको यो योजना अन्तर्गत तीन जनाले  जम्मा ६ लाख रुपैयाँ पाउनेछन् भने अन्य साना पुरस्कार समेत राखिएको छ । नोभेम्बर १४ सम्म चल्ने यो योजनामा सहभागी हुन  अल फरदान एक्सचेञ्जबाट नेपालमा हिमालय बैंक अथवा हिमाल रेमिटका आधिकारिक एजेन्टमार्फत आफन्तले पैसा निकाल्न सक्नेगरी युएईबाट रेमिट्यान्स गर्नुपर्ने अल फरदान एक्सचेञ्ज विभाग हेर्ने हिमायन बैंकका युएई प्रतिनिधि ज्ञवालीले बताएका छन् ।

बम्पर पुरस्कारका साथै यस योजनामा  हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहारहरु मोबाइल, टिभी, राइसकुकरहरु लगायतका इलेक्ट्रोनिक सामाग्रीहरु पनि उपहारस्वरूप प्रदान गरिने रेमिटले जनाएको छ ।

यस योजनामा भाग लिई यसपालिको दशैँतिहार र छठलाई उत्सवमय र  उपहारमय बनाउन यस्तो उपहार योजना ल्याएको कम्पनीले बताएको छ ।