काठमाण्डौ । भिडियो सेयरिङ प्लेटफर्म युट्युबमा कयौँ नयाँ फिचरहरु थपिएका छन्। 

कम्पनीले यी नयाँ फिचरहरु मोबाइल एप र वेभ प्लेयर दुवै भर्जनमा समावेश गरेको छ। नयाँ फिचरअन्तर्गत प्रयोगकर्ताले मस्ट रिप्लेड, भिडियो च्याप्टरजस्ता अप्सनहरु प्राप्त गर्न सक्नेछन्।

यसमा मस्ट रिप्लेड फिचर सबैभन्दा विशेष छ। युट्युबको यो नयाँ फिचरले प्रयोगकर्तालाई उनीहरुले हेरेको भिडियोको सबैभन्दा चर्चित पार्ट कुन हो भनेर जानकारी दिन्छ। 

युट्युबले सुरुआतमा मस्ट रिप्लेड फिचरलाई प्रयोगका रुपमा प्रिमियम प्रयोगकर्ताका लागिमात्रै लन्च गरेको थियो। तर, अहिले कम्पनीले यो फिचर सबैका लागि खुला गरेको छ। यो फिचरलाई आईओएस, एन्ड्रोइड वा डेस्कटपजस्ता कुनै पनि प्लेटफर्ममा उपलब्ध गराइएको छ। 

युट्युबले भिडियो प्लेयरसँगै एउटा ग्राफ जोडेको छ। जसले भिडियोको सबैभन्दा धेरैपटक रिप्ले गरिएको पार्टका बारेमा जानकारी दिनेछ। यो ग्राफको प्रयोग गरेर प्रयोगकर्ताले सजिलै पूरा भिडियोलाई स्क्रोल गर्न सक्छन् र सबैभन्दा धेरैपटक प्ले गरिएको भाग हेर्न सक्छन्। 

दोस्रो फिचर्सको कुरा गर्दा युट्युबले भिडियो च्यापर नामक नयाँ फिचर ल्याएको छ। युट्युबले यो सेग्मेन्टिङ टूललाई सन् २०२० मे मा लन्च गरेको थियो। यो टुललाई विशेष गरेर स्मार्ट टीभी र गेमिङ कन्सोलका लागि जारी गरिएको थियो। 

यो फिर्चस सहायताले कुनै पनि भिडियोको निश्चित भाग हेर्न सकिन्छ। 

यसका साथै युट्युबले सिंगल लुप फिचर पनि ल्याएको छ। यो फिचरको सहायताले प्रयोगकर्ताले भिडियोलाई लुपमा हेर्न सक्छन्। यसैगरी आफूले चाहेको हिस्सामात्रै हेर्नका लागि युट्युबले ‘सिक टु एक्ज्याक्ट मोमेन्ट’ फिचर पनि ल्याएको छ। सुरुआतमा यो फिचर प्रिमियम प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ।  – एजेन्सी