काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले शुक्रबार काठमाण्डौको गोठाटारमा आफ्नो २३ औँ शाखा संचालनमा ल्याएको छ ।

गोठाटार शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष वसन्त कुमार चौधरी तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाबाट एक कार्यक्रमबीच उद्घाटन भयो । यसका साथै युनाइटेड फाइनान्स पूँजी तथा शाखा संजालका हिसावले देशको सबैभन्दा ठूलो फाइनान्स कम्पनी बन्न पुगेको छ ।

सेवा संचालनको २५ औं बर्षमा प्रवेश गरेको संस्थामा हालैमात्र भारतको प्रतिष्ठित मुथुत्त फाइनान्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । फाइनान्सले २०७६ असोज मसान्तसम्म करीव ६ अर्ब ७० करोड निक्षेप तथा ६ अर्ब १४ करोड कर्जा परिचालन गरेको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट ३ प्रतिशत वोनस शेयर तथा ७.५६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ।