काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ। 

सेबोनले जेठ ८ गते दुवै कम्पनीलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। 

यी दुवै कम्पनीले गत वैशाख २५ गते बसेको विशेष साधारणसभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जर प्रक्रियालाई स्वीकृत गरिसकेको छ। मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नेछन्। 

युनाइटेड र अजोड इन्स्योरेन्स सेयर स्वाप रेसियो १००ः८२.५ मर्ज भएका हुन्। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको सुन्धारामा रहनेछ।