काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी  रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । 
श्रेष्ठ कम्पनीको संस्थापक शेयरधनी  एन.ई गु्रपप्रा.लि.का अध्यक्ष समेत रहका छन् । 

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम आज बिहीबार अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष  चिरञ्जीवी चापागाईबाट सपथ लिई  पदभार समेत ग्रहण गरे ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफू प्रतिवद्ध रहेको बताए । कुशल व्यवस्थपकीय क्षमताका कारण समाजमा ख्याति कमाउन सफल श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरी युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बिमा कम्पनीका रूपमा स्थापित गर्नेे बताएका छन् ।