काठमाण्डौ । युनाईटेड फाईनान्स लिमिटेडले २५ औं बार्षिकोत्सवको उपलक्ष्यमा सिल्भर जुब्ली बचत खाता संचालनमा ल्याएको छ ।  

‘एक घर एक खाता’को अभियानलाई निरन्तरता दिंदै घरदैलो कार्यक्रमका माध्यमबाट प्रत्येक घर–घरमा एक खाता खोल्ने अभियान आजदेखि नै संचालनमा आएको विज्ञप्तिमार्फत जनाएको छ ।

यस योजना अन्तर्गत युनाईटेड फाईनान्स लिमिटेडको सिल्भर जुब्ली बचत खाता खोल्ने हरेक खातावालाको खातामा फाईनान्सका तर्फबाट रु. १०० जम्मा गरिने तथा निशुल्क रुपमा भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराइनेछ । 

नेपालकै पुरानोमध्येको यस फाईनान्समा हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनान्स रणनीतिक साझेदारका रुपमा भित्रिएको छ । 

कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ र यो योजना सबै शाखा कार्यालयहरुमा लागू गरिएको कम्पनीले जनाएको छ । 

यो योजना हाललाई फाल्गुण महिनाभरिका लागि संचालनमा ल्याइएको बताइएको छ ।