काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले सुदूरपश्चिम प्रदेशकै पहिलो शाखाका रुपमा कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

फाइनान्सले बिहीबारदेखि धनगढीको चौराहामा आफ्नो २४ औँ शाखा सञ्चालनमा ल्याएको हो। बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ कैलालीका अध्यक्ष पुष्पराज कुँवर र फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले संयुक्त रुपमा उद्घाटन गरेका थिए। 

कार्यक्रममा मिश्रले बैंकिङ प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए। नयाँ शाखा सञ्चालनमा आएसँगै फाइनान्सको शाखा कार्यालयको संख्या २४ पुगेको छ। 

युनाइटेड फाइनान्सले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखामार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। साथै, फाइनान्समा भारतको प्रतिष्ठित कम्पनी मुथुट फाइनान्सको समेत लगानी रहेको छ।