काठमाण्डौ । भारतको प्रतिष्ठित कम्पनी मुथुट फाइनान्सको लगानी रहेको युनाइटेड फाइनान्स लिमिटेडले रुपन्देहीको मणिग्राम र पाल्पाको तानसेनमा शाखा विस्तार गरेको छ। 

फाइनान्सले मणिग्राहमा २५ औँ र तानसेनमा २६ औँ शाखा सञ्चालनमा ल्याएको हो। मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड फाइनान्सकी सञ्चालक प्रभा पाण्डेले संयुक्त रुपमा गरेका छन्। तानसेन शाखाको उद्घाटन भने तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही र युनाइटेड फाइनान्सका सञ्चालक मनीषकुमार खेमकाले संयुक्त रुपमा गरे। 

दुवै शाखाले आजदेखि नै विधिवत रुपमा बैंकिङ कारोवार सञ्चालनमा ल्याएको छ। यी नयाँ शाखा सञ्चालनमा आएसँगै फाइनान्सको शाखा कार्यालयको संख्या २६ पुगेको छ। 

चुक्तापुँजी तथा शाखा सञ्जालको हिसावले नेपालको सबैभन्दा ठूलो फाइनान्स कम्पनी युनाइटेड फाइनान्सले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा विस्तार गर्दै आफ्ना ग्राहकलाई सरल रुपमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।