काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड २७ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा गरेको नाफा गत वर्षको यही अवधिको तुलनामा ३०.६० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड ४ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
कम्पनीको सञ्चालन आम्दानी ३.७७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा सञ्चालन आम्दानी २३ करोड ५२ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटेर २२ करोड ६३ लाख रुपैयाँमा सीमित बनेको छ। यो अवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि १६ लाख ८६ हजार रुपैयाँबाट घटेर १४ लाख ३३ हजार रुपैयाँमा झरेको छ।
समीक्षा अवधिमा कम्पनीले रिजर्भको आकार २५.७५ प्रतिशतले बढाएर ६ करोड ५७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ५ करोड २३ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ४.५९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०५.७२ रुपैयाँ रहेको छ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago