काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंक लिमिटेडले आउँदो असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। 

नबिल बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले एकीकृत कारोबार असार २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो। 

राष्ट्र बैंकले गत असार १५ गते १ः०.३५ सेयर स्वाप अनुपातमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको थियो। कम्पनी रजिस्ट्रारको कार्यालयले पनि गत असार १८ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको थियो।

यसअघि गत असार ५ गते सम्पन्न नबिल र युनाइटेडको विशेष साधारणसभाले प्राप्ति प्रक्रियाका सम्पूर्ण सम्झौता र समझरी अनुमोदन गरेको थियो। नबिल र युनाइटेडबीच गत वैशाख १७ गते प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।