काठमाण्डौ । छिमेकी मुलुक भारतको कलकत्तामा गत ३० अप्रिलमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसियास्तरको थर्ड इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एन्ड अवार्ड २०२१ मा नेपालबाट  बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयरबाट युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको छ।

उक्त अवार्ड ग्रहण गर्नका लागि कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल कार्यक्रममा उपस्थित भएकी थिइन्।

विश्व विख्यात प्राप्त चार्टर अकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पीडब्ल्यूसीले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सूचकांकहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल युनाइटेड इन्स्योरेन्सले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो। कम्पनी सञ्चालनको २८ औँ वर्षमा कम्पनीले गत आर्थिक वर्षमा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो। 

कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिँदै उक्त सफलता हात पार्नका लागि साथ दिने कम्पनीको सञ्चालक समितिका अध्यक्ष, सञ्चालक समिति, सेयरधनी, ग्राहक, नियामक निकाय बीमा समिति तथा कोभिडको समयमा समेत अहोरात्र मेहनत गर्ने आफ्ना कर्मचारी साथीहरु तथा सञ्चार जगतलगायत सबैमा कृतज्ञता व्यक्त गरिन्। उनले आगामी दिनमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गरिन्।