काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको कात्तिक २५ गते (शुक्रबार) बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँको कुल ५.२६३२ प्रतिशतले हुन आउने लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ८ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने २७ लाख ५ हजार ६८४ रुपैयाँ नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।