काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ८ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा संस्थाले ८ करोड १० लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा १३ करोड ३३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ७ करोड ९ लाख रुपैयाँमा थियो । संस्थाले खुद नाफा ८७.९३ प्रतिशतले बढाउन सफल भएको छ ।

अघिल्लो वर्ष ४८ लाख रुपैयाँ रहेको संचालन मुनाफा घटेर यो वर्ष २२ लाख ३६ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष २४ करोड २१ लाख रुपैयाँमा सीमित खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा बढेर ३० करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष १३ करोड ३८ लाख रुपैयाँ रहेको रिटेन अर्निङ बढेर यो वर्ष १६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । संस्थाले अघिल्लो वर्षको तुलनामा ३०.४४ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार २२ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार १७ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले ६ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब १९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले ५ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ३५.६६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष घटेर १५.८४ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा संस्थाको खराब कर्जाको अनुपात ०.६५ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ९.७१ प्रतिशत र आधार दर १२.६९ प्रतिशत रहेको छ ।