काठमाण्डौ । युनाइडेट फाइनान्स लिमिटेडको सेयरमूल्य बिहीबार एक घन्टा नहुँदै झन्डै १० प्रतिशत घटेको छ ।

यो फाइनान्सको सेयरमूल्यमा प्रतिकित्ता २० रुपैयाँले घटेर १८४ रुपैयाँमा झरेको छ । यो फाइनान्सको हिजो बुधबार अन्तिम सेयरमूल्य २०४ रुपैयाँ रहेको थियो ।

यता मार्केट डेप्थमा पनि यो समाचार तयार पार्दासम्म किन्नेभन्दा बेच्नेको चाप बढी देखिएको छ । कम्पनीको सेयर खरिदतर्फ ३९८ कित्ता सेयरमात्र पोस्ट भएको छ भने बेच्नेतर्फ ४ हजार २५० कित्ता सेयर पोस्ट भएको छ ।