काठमाण्डौ । युनाईटेड फाईनान्स लिमिटेडको २५ औं बार्षिक साधारण सभा आज मंगलबार सम्पन्न भएको छ ।

साधारण सभा कार्की बैकंट, बबरमहल, काठमाडौंमा कम्पनी अध्यक्ष  वसन्त कुमार चौधरीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो । वसन्त कुमार चौधरीले प्रस्तुत गरेको कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण साधारण सभाबाट पारित भयो । 

उक्त साधारण सभाले कम्पनीको आ.व.२०७५।७६ को बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नुका साथै गत आ.व. को मुनाफाबाट शेयरधनीहरुलाई ७.५२% नगद लाभाशं तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको  छ ।

सोही साधारण सभाबाट आगामी कार्यकालका लागि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने रिक्त ५ सञ्चालक पदमा  वसन्त कुमार चोेैधरी, राहुल ईन्फ्रास्ट्रक्चर प्रा. लि. (प्रतिनिधि रोशन अधिकारी),  एम. ए. डव्लु इन्टरप्राइजेज प्रा. लि. (प्रतिनिधि  विष्णु कुमार अग्रवाल), वेनी गोपाल मुन्दडा, तथा मनिष कुमार खेमकालाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित भए ।

गत आ.व. मा कम्पनीले रु. ६ अर्ब ५५ करोड  निक्षेप संकलन गरी सो अवधिमा विभिन्न क्षेत्रमा रु. ६ अर्ब १४ करोड कर्जा लगानी गरी संचालन मुनाफा रु. १८ करोड ५ लाख र खुद मुनाफा रु. ९ करोड ९९ लाख आर्जन गरेको जनाएको छ । त्यस्तै फाइनान्सले खराब कर्जा ०.५७ प्रतिशत कायम राख्न सफल भएको छ । कम्पनीले आफ्ना २३ वटा शाखा कार्यालयबाट बैकिगं सेवा प्रदान गर्दै आईरहेको छ । हालै मात्र कम्पनीमा भारतको प्रतिष्ठित मुत्तुट फाइनेन्स रणनीतिक साझेदारका रुपमा भित्रिएकोछ ।