काठमाण्डौ । युनिक नेपाल लघुवित्तसँग मर्जरमा जान लागेको घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आज आइतबारबाट धितोपत्र दोस्रो बजारमा रोक्का भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मर्जरमा जान लागेको घोडीघोडा लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो। युनिक नेपालसँग मर्जरमा जान घोडीघोडाले सम्झौतापत्रमा हस्ताक्षर गरेकोले उक्त लघुवित्तको सेयर कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ।

अब दुई लघुवित्तको मर्जर प्रक्रिया सम्पन्न भई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र यो लघुवित्त सेयर धितोपत्र दोस्रो बजारमा आउने छ।