काठमाण्डौ । देवः विकास बैंक लिमीटेडले युनियन फाइनान्स र साझा विकास बैंकलाई गाभेर आगामी कात्तिक २३ गतेदेखि एकीकृत बित्तीय कारोबार सुरु गर्ने भएको छ । 

यो बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै दुुई कम्पनी गाभेर २३ गतेदेखि एकीकृत कारोबार हुन लागेको जानकारी दिएको हो । 

यी तीनै संस्थाहरुको असार २९ गते तथा भदौ १ गते बसेको छुट्टा छुट्टै साधारणसभाबाट पारित विशेष प्रस्ताव बमोजिम प्राप्त गर्नका निम्ति नेपाल राष्टबैंकबाट असोज २४ गतेको पत्रब्बाट संस्था प्राप्ति गर्न अन्तिम स्वीकृति दिएको थियो । 

दुुई संस्था प्राप्तिपछि बन्ने बैंकको नाम देवः विकास बैंक लिमीटेड नै हुनेछ । एकीकृत कारोबारका लागि कात्तिक २२ गते एकदिन तीनै संस्थाको कारोबार बन्द हुने बताइएको छ ।