काठमाण्डौ । युनियन लाईफले व्यतीत बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने भएको छ ।

युनियन लाईफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतीत भएको अवस्थामा त्यसरी व्यतीत भएको बीमालेखको लागि आवश्यक प्रक्रिया पूरा गरी आज बुधबारदेखि आगामी कात्तिक ३० सम्ममा नवीकरण गराएमा लाग्ने बीमा शुल्क ब्याजमा शत्प्रतिशत छुट प्रदान गरिएको घोषणा गरेको छ ।

नवीकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ ।