काठमाण्डौ । हकप्रद निष्कासन मुख्य अजेन्डासहित युनियन हाइड्रोपावर लिमिटेडले आफ्नो २ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक डोकेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को १३ औँ र २०७६/७७ को १४ औँ वार्षिक साधारणसभा एकैपटक डाकेको छ। सभा आउँदो असार २५ गते ललितपुरको धोबीघाटस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।
सभाले कम्पनीद्वारा प्रवर्धित मिदिम खोला करापु जलविद्युत आयोजना (३ मेगावाट) का लागि लिइएको ऋण व्यवस्थापन र अन्य आयोजनाहरुको अध्ययन तथा विकासका लागि आवश्यक रकमका लागि हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
यसैगरी कम्पनीले अनुमतिपत्र प्राप्त गरेका आयोजनाहरुको छुट्टै कम्पनी खोली आयोजनाको अनुमतिपत्र हस्तान्तरण गर्न, स्वदेशी तथा विदेशी लगानीकर्ताहरु खोज्न र बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी फाइनान्सियल क्लोजर गर्नेसमेतको अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ।
सोही सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचत गर्नेछ। सभाले दुवै आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो असार १५ गतेदेखि असार २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार १४ गतेसम्म कायम सेयरधनीहरुमा कम्पनीको वार्षिक साधारणसभा भाग लिन योग्य हुनेछन्।
14 minutes ago
25 minutes ago
58 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago