काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा युनियन हाइड्रोपावर लिमिटेडले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा गत वर्षको यही अवधिको तुलनामा ८५.६४ प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ७२ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८.०३ प्रतिशतले बढेर २ करोड ७० लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड ५० लाख रुपैयाँबराबरको विद्युत बिक्रीबापत आम्दानी गरेको थियो। कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि २७ हजार रुपैयाँ बढी रहेको छ।  

चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीले रिजर्भमा ६ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ ८ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.७९ रुपैयाँ रहेको छ। पीई रेसियो १८१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९१.७० रुपैयाँ रहेको छ।