काठमाण्डौ । युनियन हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा १ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५९.८८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ३७ लाख रुपैयाा आम्दानी गरेको थियो। समीक्षा अवधिमा विद्युत बिक्रीको आम्दानी पनि ११.८० प्रतिशतले बढेको छ। 

कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी भने घटेर ५५ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ७ लाख ३६ हजार रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ भने ५ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा रिजर्भ ७ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५.२७ रुपैयाँ, पीई रेसियो ७४.४६ गुणा र प्रतिसेयर नेटवर्थ ९२.५० रुपैयाँ रहेको छ।