काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधराणसभा आउँदो वैशाख २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको भैरहवास्थित टाइगर प्लोस रिसोर्टमा बिहान १०ः३० बजेबाट हुनेछ। 

सभाले सामूहिक लगानी कोष सञ्चालन गर्ने र सोको स्थापनार्थ प्रबन्धपत्रमा उद्देश्य थप गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

अन्य जीवन बीमा कम्पनीसँग आपसमा मर्ज र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सोही सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले वैशाख १३ गते एक दिन बुक क्लोज निर्णय गरेको छ। यसको अर्थ वैशाख १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।