काठमाण्डौ । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले यही वैशाख २३ गते विशेष साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको धोबिघाटस्थित कम्पनीको रजिस्ट्रर्ड कार्यालयमा भर्चुअल माध्यमबाट हुनेछ।

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) र (ख) मा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। 

सोही सभाले सञ्चालक विष्णुप्रसाद पाण्डेको राजीनामा स्वीकृत गर्ने तथा नयाँ सञ्चालकको नियुक्ति गर्नेछ। 

सभा प्रयोजनका लागि वैशाख १५ गते बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ। यसको अर्थ वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।