काठमाण्डौ । युरोपेली सेयर बजार सोमबार बढेर खुलेको छ।
अमेरिकामा कर्जा संकटको डिल सहज बन्दै जाँदा युरोपेली सेयर बजारमा सुरुआती कारोबारमा हरियाली छाएको हो। अमेरिकी राष्ट्रपति र सभामुखले कर्जाको सीमा बढाउने सहमति गर्दा युरोपेली सेयर बजारमा बढोत्तरी आएको छ।
यो समाचार तयार पार्दासम्म युरोपेली सेयर बजारमा जर्मनको ड्याक्स, लन्डनको फुट्सी र फ्रान्सको क्याकमा बढोत्तरी आएको छ। इटालीको फुट्सी मिबमा सामान्य करेक्सन आएको छ।
उता एसियली सेयर बजारमा पनि बढोत्तरी आएको छ।
विश्व बजारमै क्रिप्टोको मूल्यमा पनि आज बढोत्तरी आएको छ। बिट्क्वाइनको सेयरभाउ ३११ अंकको बढोत्तरीका साथ २७ हजार ८८२ डलर पुगेको छ।
उता अमेरिकी सेयर बजार भने आज सोमबार बन्द रहने भएको छ। अमेरिकामा मेमोरियल डेका अवसरमा सार्वजनिक बिदा दिइएको सेयर बजार बन्द हुने भएको हो।
अमेरिकाले हरेक वर्ष मे महिनाको अन्तिम सोमबार सहिद सैनिकहरुको सम्झनामा मेमेरियल डे मानउँदै आएको छ। यो चलन सन् १९७० देखि सुरु भएको हो। –एजेन्सी
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago