काठमाण्डौ । जापानका युवामा मदिरा पिउने बानी बूढापाकाको तुलनामा निकै कम छ। तर, त्यहाँको सरकार यो अवस्था परिवर्तन होस् र युवाले मदिरा सेवन बढाओस् भन्ने चाहन्छ।

युवामा मदिरा सेवन गर्ने प्रवृत्ति घट्दै गएका कारण जापान सरकारलाई करमा घाटा भइरहेको छ। जापानको परम्परागत मदिरा साके (चामलबाट बनेको मदिरा) को बिक्रीबाट लाग्ने कर पनि घटेको छ। अब जापानको राष्ट्रिय कर एजेन्सीले कर घट्ने प्रवृत्तिलाई रोक्न राष्ट्रव्यापी प्रतियोगिता आयोजना गरेको छ। साकेको उपभोगलाई युवामाझ आकर्षक बनाउन उद्योगीलाई फाइदा पुर्याउन ‘साके भिवा’ नाम दिइएको यो अभियानको उद्देश्य रहेको छ।

कर एजेन्सीले २० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिले भाग लिन सक्ने प्रतियोगिता सञ्चालन गरिरहेको छ। जापानी सेक, शोचु, ह्विस्की, बियर र वाइनलाई यो उमेर समूहमा लोकप्रिय बनाउन उसले व्यावसायिक आइडिया दिनुपर्छ।

प्रतियोगिता सञ्चालन गरिरहेको एजेन्सीले कोभिडको समयमा मानिसमा मदिरा सेवन गर्ने बानी घटेको बताएको छ। यसबाहेक जापानको बढ्दो जनसंख्याका कारण रक्सीको बिक्री पनि घटेको छ।

एजेन्सीले मदिराको लोकप्रियता बढाउन प्रचारात्मक अभियान, ब्रान्डिङ र आर्टिफिसियल इन्टेलिजेन्सका माध्यमबाट मानिसलाई नयाँ विचारहरु ल्याउन चाहन्छ।

जापानी मिडियाका अनुसार सरकारको यो अभियानप्रति जनताको प्रतिक्रिया मिश्रित रहेको छ। कतिपयले यसले स्वास्थ्यका लागि हानिकारक बानीलाई बढावा दिएको स्पष्ट रुपमा आलोचना गरिरहेका छन्। –एजेन्सी