काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) का सदस्यहरुको संयुक्त पहलअन्तर्गत वीर अस्पतालको ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ।

यी दुवै अस्पताललाई एनवाईईएफ राष्ट्रिय परिषद काठमाण्डौ च्याप्टर र काठमाण्डौ एडभाइजरी लिडरसिप ग्रुपबाट भएको सिलिन्डर उपलब्ध गराइएको हो। 

एनवाईईएफ एउटा गैरनाफामूखी संस्था हो। यसको स्थापना सन् २००३ मा भएको थियो। 

यो संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने ज्ञान, सीप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु रहेको छ । 

हाल एनवाईईएफको एपेक्स बडी (केन्द्रीय कार्य समिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीको सहभागिता रहेको छ । संस्थामा ६ सय भन्दा बढी सदस्य आबद्ध छन्।