काठमाण्डौ । भिडियो बनाउने(भिडियो क्रिएटर)हरुका लागि अब यूट्यूवको दमदार विकल्प समेत आएको छ । यूट्यूवलाई टक्कर दिनका लागि फेसबुकले आफ्नो भिडियो वेबसाइट फेसबुक क्रिएटर लञ्च गरेको छ । यसमा तपाईले आफ्नो भिडियो अपलोड गर्न सक्नुुहुन्छ, सर्च गर्न सक्नुुहुन्छ र भिडियोहरुलाई लाइक तथा त्यसमा कमेन्ट समेत गर्न सक्नुुहुन्छ । त्यति मात्र होइन, यूट्यूवमा भन्दा बढी कमाई पनि गर्न सक्नुुहुन्छ । तर, तत्काल फेसबुक क्रिएटरमा रजिष्ट्रेसन मात्र गर्न सक्नुुहुन्छ । फेसबुकको भनाईमा निकट भविष्यमै यसबाट आम्दानी पनि हुन थाल्नेछ । 

फेसबुकले फेसबुक क्रिएटरको वेबसाइटको अलावा यसको एप्स पनि लञ्च गर्नेछ । तर, अहिले एप केवल आईओएस यूजर्सका लागि मात्र हुनेछ । फेसबुकले निकट भविष्यमै एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत एप्स लञ्च गर्नेछ । 

कसरी गर्ने रजिस्ट्रेसन ?
रजिस्ट्रेसनका लागि तपाई https://www.facebook.com/creators मा जानुपर्ने हुन्छ र जोइन भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ । साथै, तपाईले आफ्नो फेसबुक अकाउण्टमा लगइन हुन पनि जरुरी हुन्छ । त्यसपछि तपाईले जरुरी डिटेल्स, जस्तै: कस्ता खालका भिडियो अपलोड गर्नुहुन्छ, पार्टटाइम हो या फूलटाइम हो जस्ता कुरा भर्नुपर्छ । यसपछि तपाईले आफ्नो भिडियो च्यानल जस्तै यूूट्यूव च्यानलको भिडियोको यूआरएल हाल्नुपर्ने हुन्छ । 

त्यसपछि ‘लेट्स डूू इट’मा क्लिक गरेपछि तपाईको रजिष्ट्रेसन हुनेछ । त्यसपछि फेसबुकले तपाईको इमेलमार्फत टम्र्स वा कण्डिसनको बिषयमा पूरा जानकारी दिनेछ । 

कसरी हुन्छ कमाई ?
फेसबुक क्रिएटरको माध्यमबाट कमाई गर्ने ४ तरिका रहेका छन् । ब्राण्डेड कन्टेन्ट, मर्चेन्डाइज, टूर्स तथा एड ब्रेक्स । यसमा एड ब्रेक्स सबैभन्दा महत्वपूर्ण हुन्छ, किनभने अधिकांश मानिस यसको माध्यमबाटै कमाई गर्नेछन् । एड ब्रेक्समा आफ्नो भिडियोमा एड आउनेछ । तर, अहिले यो प्रोसेस बेटा मोडमा रहेको छ र यो निकट भविष्यमै चल्न थाल्नेछ ।