काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ९ करोड ५० लाख नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ९ करोड ९९ लाख नाफा आर्जन गरेको थियो । यो कम्पनीको नाफामा समेत कोरोनाको प्रभाव देखिएको छ । 

समीक्षा अवधिमा यूनाइटेड फाइनान्सको संचालन मुनाफा १७ करोडबाट घटेर १३ करोड ५९ लाखमा सीमित बन्न पुगेको छ भने ३१ करोड ११ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ३३ करोड ९७ लाखको उचाईमा पुगेको छ । 

कम्पनीको रिजर्बको आकार २४ करोड १८ लाखबाट घटेर २४ करोड ९ लाखमा सीमित बन्न पुगेको छ । 

चुक्तापूँजी १ अर्ब ४ करोड रहेको यो कम्पनीमा प्रिमियमको रुपमा १५ करोड ८६ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा यूनाइटेड फाइनान्सले ७ अर्ब १४ करोड निक्षेप संकलन गरी ५ अर्ब ८४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ६ अर्ब ५५ करोड निक्षेप संकलन गरी ५ अर्ब ९५ करोड कर्जा परिचालन गरेको थियो । 

कम्पनीमा खराब कर्जाको अनुपात समेत बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ०.५७ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर १.१२ प्रतिशत पुगेको छ । 

यस्तै, सीडी रेसियो घटेर ६६.३१ प्रतिशत, कस्ट अफ फण्ड ८.२३ प्रतिशत रहेको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी ९.१४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८४६.५७ रुपैयाँ, मूल्यआम्दानी अनुपात १८.०६ गुणा, प्रतिसेयर नेटवर्थ  १४८.१० रुपैयाँ निस्क्रिय कर्जा र जोखिम भारित सम्पत्तिमा पूँजीकोष पर्याप्तता १९.५० प्रतिशत कायम भएको छ ।