काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेडले सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । 

कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको २५५ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

कम्पनीले संस्थाको वित्तीय अवस्था थप सवल तथा सशक्त बनाउन कुनै लाभांश वितरण नगर्ने निर्णय भएको प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।