काठमाण्डौ । बितेको केही दिनदेखि युुरोप कोरोनाभाइरसको महामारीको केन्द्र बनेको छ । यतिबेला युुरोपका कयौ देशले लकडाउन र प्रतिबन्ध गरेका छन् । कोरोना नियन्त्रण गर्न जनतालाई घरबाहिर ननिस्कन सरकारले निर्देशन दिइरहेको छ । तर, युुरोपमा यस्तो देश पनि छ, जहाँ कोरोना नियन्त्रणका लागि आम जनजीवनमा कुुनै प्रकारको पनि प्रतिबन्ध लगाइएको छैन । 

कोरोना नियन्त्रणका लागि बेलारुसले आफ्ना छिमेकी देशहरु युुक्रेन र रुस जस्तो कदमहरु चालेको छैन । युुक्रेनले कोरोना नियन्त्रण गर्न केही दिनमै आपतकाल घोषणा गर्न सक्ने समाचारमा जनाइएको छ । 

रुसले पनि सबै स्कुुल र सैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिसकेको छ । त्यस्तै सार्वजनिक कार्यक्रमहरु, सहित हवाई र रेल सेवामा पनि प्रतिबन्ध लगाइएको छ । 

तर, बेलारुसमा भने आम जनजीवन पहिले जस्तै गरी चलिरहेको छ । देशको सीमामा पनि कुुनै प्रकारको रोकटोक गरिएको छैन । आम मानिसहरु आवश्यक सामाग्री लिन पसलमा भिडभाड र तँछाडमछाड पनि गरिरहेका देखिदैन । 

डराउन आवश्यक छैन 
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुुकासेन्कोका अनुुसार तत्काललाई देशमा कोरोना संक्रमणको रोकथाम र नियन्त्रणको  प्रयास गर्न कुुनै आवश्यकता छैन । मंगलबार मिन्स्कमा चीनका राजदुतसंगको भेटघाट पछि उनले घटना भइरहने र यसले गर्दा जनतामा त्रास भने फैलाउन नहुुने बताएका छन् । 

बेलारुसमा न त फिल्म हलहरु बन्द छन् न त कुुनै सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । यतिबेला बेलारुसमा आयोजना भइरहेका फुुटबल प्रतियोगिताहरुमा पनि प्रतिबन्ध लगाइएको छैन । फुटबल प्रतियोगिताहरु पहिले जस्तै सामान्य रुपमा सञ्चालन भइरहेका छन् । 

छिमेकी देश रुसका फुुटबल प्रेमीको लागि टेलिभिजनमा प्रत्यक्ष प्रसारण पनि भइरहेको छ । 

कोरोनालाई रोक्नेछ ट्रयाक्टर 
राष्ट्रपति अलेक्जेन्डरले हालै आफ्नो एक भाषणमा कोरोनाभाइरसलाई ट्रयाक्टरले रोक्ने बताएका थिए । उनको यो बयान बेलारुसमा चर्चाको विषयको बनेको थियो । कयौंले उनको यो बयानलाई मजाक बनाएका थिए । तर उनको बयान खेतमा काम गर्ने भन्ने मनसायमा केन्द्रित थियो । उनले आफूले कहिल्यै पनि मदिरापान नगरेको र यदि कोरोना रोक्न खान परे आफू पछि नहट्ने बताएका थिए । 

तर, बेलारुसका जनता भने यो भाइरसको संक्रमणबाट सचेत छन् र यसबाट आफूहरुलाई पर्न सक्ने प्रभावबाट पनि चिन्तित छन् । 

मिन्स्का कयौ छात्र छात्राहरु बिरामी भएको बहाना बनाएर स्कूल जानबाट बचिरहेका छन् । विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै कयौ स्कुुल र कलेजहरुले पढाइहुुने समय घटाएका छन् । 

सरकारबाट कोरोना नियन्त्रण र रोकथामका लागि कुुनै पनि प्रयास नभएपनि त्यहाँ जनता सडकमा कमै निस्कन्छन् । 

राष्ट्रपति अलेक्जेन्डरले विदेशबाट आउने पर्यटकलाई जाँच गरेर मात्रै प्रवेश गर्न दिइरहेकाले कोरोनाबाट जनतालाई त्रसित नहुुन आग्रह गरेका छन् । 

‘अफवाह फैलाउनेलाई छोडिने छैन’ 
राष्ट्रपति अलेक्जेन्डर लुुकाशेन्कोले कोरोनाभाइरस भन्दा चिन्ता र मानसिक तनाव ज्यादा खतरनाक हुुने बताएका छन् । 

उनले कोरोनाभाइरस बारे अफवाह फैलाउने र जनतामा त्रास र भयको वातावरण सिर्जना गर्नेलाई पक्राउ गर्न आदेश दिएका छन् । 

बेलारुसमा अहिलेसम्म ८६ जनामा कोरोनाको संक्रमण देखिएको छ भने दुुईजनाको मृत्युु भइसकेको छ । बेलारुस युुरोपका अन्य देशहरुभन्दा केही कुुरामा भिन्न छ । यहाँ अहिलेसम्म पनि मृत्युुदण्डको सजायको व्यवस्था रहेको छ ।