काठमाण्डौ । अबका केही वर्षभित्रै विश्वमा हरेक वर्ष एक करोड मानिसको ज्यान जानेछ। हो हजुर ! एक करोड।

अहिले विश्वमा तीव्रताका साथ कीटाणु र अन्य रोगजन्य जीवहरु विकसित भइरहेका छन्। तिनले एन्टीबायोटिक औषधि र अन्य थुप्रै बिरामीसँग लड्ने क्षमतालाई बेअसर साबित गरिरहेका छन्। यसले गर्दा अबका केही वर्षमै हरेक साल एक करोड मानिसको ज्यान जाने सम्भावना बढेर गएको छ। 

अहिले हरेक वर्ष विश्वमा लगभग ७ लाख मानिसको यस्ता रोगबाट ज्यान जाने गरेको छ, जसमा औषधिको कुनै प्रभाव नै पर्दैन। पछिल्लो एक दशमा हानिकारक ब्याक्टेरियाविरुद्ध जुन एन्टीबायोटिक्सको उपयोग गर्न सकिन्थ्यो, अहिले तिनीहरुको असर पनि कम हुँदै गइरहेको छ।

यसबीच अन्य रोग उत्पादन गर्ने भाइरस, फफुन्द र अन्य परजीवी पनि यी औषधिसँग लड्ने शक्ति बढाइरहेका छन्। मतलब यिनीहरुका कारण जो बिरामी पर्छन् अब उपचारमा झनै मुस्किल हुँदै गइरहेको छ। जानकारहरुका अनुसार छिटै कुनै उपाय नसुझाए विश्वभर हरेक वर्ष एक करोड मानिसको मृत्यु यस्ता रोगाणु हुनेछ, जसमा अहिले पाइने कुनै पनि औषधि असर गर्दैन। 

हामी दिनभर विभिन्न किसिमका वस्तु वा चिज छुन्छौँ। जसमा थुप्रै प्रकारका कीटाणु, जीवाणुर भाइरस रहेका हुन्छन्। यिनीहरु कुनै न कुनै माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छन् र हामीलाई बिरामी पार्दछन्। 

कोभिड–१९ महामारीका भाइरस कपडामा २४ घन्टासम्म जीवित रहन सक्छ। जब कि यो भाइरस प्लास्टिक र स्टिलमा तीन दिनसम्म जीवित रहन्छ। कतिपय यस्ता ब्याक्टेरिया पनि छन् जुन निर्जीव वस्तुमा थुप्रै महिनासम्म जीवित रहन सक्छन्। त्यसैले लगातार हरेक वस्तुका सतह सफा राख्न सल्लाह दिइन्छ।

जानकार भन्छन् कि जब हामीले थाहा भइसकेको छ कि कुन प्रकारको सतहमा कुन किसिमका कीटाणुवा ब्याक्टेरिया कति समयसम्म जीवित रहन्छ भन्ने कुरा तब किन हामी एन्टी ब्याक्टेरियल लेपको प्रयोग सुरु नगर्ने त। तामा मिश्रित धातुु यसका लागि सबैभन्दा राम्रो विकल्प हुन सक्छ। 

यो धातु केवल २ घन्टामा ९९.९ प्रतिशत ब्याक्टेरिया मार्ने क्षमता राख्छ। प्राचीनकालमा मानिस त खाना नै तामाका भाँडामा बनाउँथे। आजमा पनि नेपाल, भारतलगायत देशमा अझै पनि तामाका भाँडामा खाना बनाउने चलन छ।

युनानमा त वैज्ञानिक प्रयोगका लागि तामाका भाँडाहरु उपयोग गरिन्थ्यो। अहिले यो धातु महँगो भएकै कारण कम प्रयोग हुन थालेको छ। अहिले यसको प्रतिस्थापन वस्तु बनेको छ स्टिल र प्लास्टिक। 

तामाका भाँडाहरु सरसफाइ गर्न गाह्रो हुने भएकोले कतिपयले यसको प्रयोग गर्नै छाडेका छन्। महँगो भएकै कारण यसको प्रयोग गर्न नसकिए पनि यसको लेप लगाएका वस्तु त प्रयोग गर्न सकिन्छ। उदाहरणका लागि डोर बेल र लिफ्टको बटनमा यसको लेप लगाउन सकिन्छ। त्यस्तै ढोकाका ह्यानिडलमा पनि तामाको लेप लगाउन सकिन्छ। यसले कीटाणुर भाइरसको असर निकै कम गरिदिन्छ।

जानकारहरु त यो पनि भन्छन् कि मेडिकल ट्रान्सप्लान्टमा पनि तामाको प्रयोग गर्न सकिन्छ। 

अनुसन्धानकर्ताहरु अहिले टाइटेनियम र टाइटेनियम मिश्रित धातुहरुका बारेमा पनि धेरै उत्साहित छन्। यसलाई उच्च तापक्रममा सजिलै पगाल्न सकिन्छ र तीखा किनाराका साथ एक राम्रो तन्ना बनाउन सकिन्छ। जसमा विभिन्न प्रकारका जीवाणुलाई मान सकिन्छ। यसका साथै अल्ट्राभायलेट किरणको सम्पर्कमा आउँदा टाइटेनियम डाइअक्साइड यस्तो पराक्साइड उत्पादन गर्छ जसले रोगाणुहरुलाई निष्क्रिय पार्छ। कोरोना भाइरसलाई कमजोर गर्न पनि यस्तै किसिमको कोटिङवाला सतहको प्रयोग गर्न सकिने वैज्ञानिकहरुको ठहर छ।

आफूलाई बिरामी हुनबाट बचाउन र रोगाणुहरु मार्नका लागि हामीले प्रकृतिबाट अन्य थुप्रै किसिमको फाइदा लिन सक्छौँ। जस्तै चियाको बोटबाट निस्किने तेलमा एन्टीभाइरल एरोसोल हुन्छ। यसको सम्पर्कमा आएको ५ देखि १५ मिनेटभित्रै ९५ प्रतिशतभन्दा बढी रोगाणु नष्ट हुन सक्छ। 

रोगाणुरोधी विरुवाहरुबाट निस्किने एन्टीभाइरललाई कोटिङवाला सतह तयार गर्ने रिसर्च अहिले सुरुआती चरणमा छ। आशा छ कि सफलता प्राप्त हुनेछ। तर यसका लागि आवश्यक सामग्रीको मात्रा र रोगाणुहरुको लक्ष्यका बारेमा अधिक जानकारी हुन आवश्यक छ।

एन्टीमाइक्रोबियल सतहमा रोगााणुु मरेर त्यहीँ टाँसिन्छन्। त्यसैले यस्ता सतह लगातार सफाइ हुन आवश्यक छ। 

विश्वमा यस्ता थुप्रै देश छन् जहाँ पानीको निकै समस्या छ। यस्तोमा एन्टीमाइक्रोबियल सतहको उपाय सबै देशका लागि प्रभावकारी हुन सक्दैन। 

आज विश्व नयाँ कोरोनाभाइरसको सामना गरिरहेको छ। यसलाई नियन्त्रण गर्नका लागि अहिलेसम्म भएका सबै प्रयास असफल भइरहेका छन्। यस्तोमा एन्टीमाइक्रोबियल सतहको आवश्यक अझै बढी महसुस भइरहेको छ। यसका अलावा अस्पतालहरुबाट जति पनि फोहोर निस्किन्छन्, त्यसबाट संक्रमण फैलिने डर हुन्छ। 

एउटा अध्ययनबाट यो थाहा हुन आएको छ कि चीनमा कोभिड–९ बाट जति पनि ज्यान गयो, त्यसमध्ये ५० प्रतिशत बिरामी अन्य कीटाणुुबाट पहिले नै संक्रमित थिए। अस्पतालहरुमा कोरोनाका बिरामीलाई एन्टीबायोटिक्स नै दिन्छ, जुन भाइरसविरुद्ध बेअसर पनि हुन सक्छ। 

यसमा कुनै शंका छैन कि हामी विभिन्न किसिमका जीवाणुहरुबाट घेरिएका छौँ। यस्ता थुप्रै जीवाणुहरुविरुद्ध हाम्रो शरीर आफैँ लड्छ तर केही यस्ता जीवाणुहरुलाई मार्न औषधिको सहारा लिनैपर्छ। तर जुन हिसाबले कोभिड–१९ भाइरस हाम्रो जीवनमा काँडा बनेर प्रवेश गरेको छ, यो र यस्ता अन्य थुप्रै बिरामी पार्ने भाइरससँग लड्न हामीले छिटै अन्य विकल्प खोज्न आवश्यक छ।

त्यसैले यस्ता भाइरस मार्नका लागि रोगाणुनाशक लेप जस्तै तामाको प्रयोग नै उत्तम विकल्प हुन सक्ने देखिएको छ। – बीबीसीबाट भावानुवादित