-धनकुमार राई
बजार १२०० माथितिर १२५० देखि १२८० कै आसपासमा अलमलिए पनि बजारले गति लिइ नै रहेको प्राविधिक संकेत प्राप्त भइरहेको र यो यो क्रम आउने साता पनि निरन्तर नै रहने देख्न सकिनेछ ।

दुई तीन साता अघिदेखि हामीले देखाएको तत्कालिन डब्ल्यू प्याटर्नले आफ्नो काम गरिरहेको र १३०० बिन्दुसम्मको यात्रा तय गर्ने नै देख्न सकिन्छ भने तत् पश्चात विकसित हुने नयाँ संकेतले बजारलाई उतारचढावका बाबजुद निरन्तर माथितिर नै डोहोर्याइरहने देख्न पाइने संकेतको जानकारी हामीले बुलिस गार्टले, दिर्घकालीन अन्तरालमा प्राप्त वेभ प्याटर्न र डावको ट्रेण्ड मनोविज्ञानले पनि साथ दिइरहेकोले बजारले दिर्घकालीन लक्ष्य प्राप्त गर्ने सुरमा सुर मिलाएर अगाडि बढ्ने सुनिश्चित नै रहनेछ । बजारमा १२५० को अवरोध अब आउने कारोबार समयमा सपोर्ट बनेको देख्न पाइने नै छ र तत्कालका लागि १३०० को अवरोधलाई पन्छ्याउँदै बजारले नयाँ संकेतको विकास गर्दै उछिन्ने प्रयासको निरन्तरता रहिरनेछ । 

प्राविधिक Pivot र De-Marks को गणित अनुसार आउने साता बजारले धेरै तल आएमा १२५१ देखि कम्तीमा पनि १२९६ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

यहाँ कारोबारको गणितअनुसार गतसाता सुचकांक बिन्दु १२५० भन्दा माथि १२८८ बिन्दु सम्मको उच्चतम उकालो यात्रापछि साताको अन्तिम दिन घटेर १२६८ बिन्दु नजिक बन्द भएकोले मनोवैज्ञानिक अवरोध १२५० बिन्दुको सपोर्ट भन्दा माथि नै रहेको तथा साताभरिको लगानीकर्ताहरुको मनोबलले खरिदकर्ताहरु हाबी नै रहेको देखियो । यसरी बजार दुरगामी लक्ष्य उन्मुख नै रहेको छ भने भने हामीले सम्झाइरहेको प्राविधिक Volome/Price Action को विश्वव्यापी अभ्यासको म्यान्डेट अनुसार पनि दैनिक, साप्ताहिक र मासिक कारोबार रकममा आएको बृद्धिसंगै बजारमा स्वभाविक उतारचढाव बाहेक बजार बढ्ने नै निष्कर्ष निकाल्न गलत नहुने भएकोले यो साता पनि सक्रिय कारोबार रकमसहितको कारोबार निरन्तर हुने देखिन्छ ।

2.Technical Indicators Update:

Technical सारलाई हेरौं(Nepse Index – 1267.18 (-10.56)


 

3. Nepse Candlestick Chart(s) & Study:
Technical Indicator हरुलाई चार्टमा हेरौ:

i)साप्ताहिक Pivot Range र अनुमानित कारोबार रेञ्ज:


प्राविधिक Pivot र De-Marks को गणित अनुसार आउने साता बजारले धेरै तल आएमा १२५१ देखि कम्तिमा पनि १२९६ बिन्दु भित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।

 साताको पहिलो आइतबारको दैनिक Pivot Range  र अनुमानित कारोबार रेञ्जः

ii.Stochastic & RSI :

chart मा साप्ताहिक Oscilators %D – रातो लाईनले %K हरियो लाईनलाई क्रस क्रस गर्दै अगाडी बढिरहेकोले दैनिक ट्रेण्डिङ बुलिसबाट तलतिर दवाबमा रहनसक्ने देख्न सकिन्छ ।

साप्ताहिक संकेत अझै पनि माथितिर नै हाबी रहने संकेत यथावत रहेको हुनाले साप्ताहिक Stochastic Oscilators ले पनि बजारको उकालो यात्रालाई %K – हरियो लाईनले %D रातो लाईनलाई Oversold सिमानाबाट पोजिटिभ क्षेत्र भित्र नै क्रस गर्दै अगाडि वृद्धि निरन्तर नै गरिरहेकोले ट्रेण्डिङ बुलिस नै रहेको र यो अनिवार्य खरिददारी निरन्तर नै रहने संकेत हो । साप्ताहिकले दैनिकको उतार चढावलाई स्वीकार गर्दै यो साताभरी आफ्नो यात्रालाई निरन्तर नै राख्ने बुझ्न सकिन्छ । RSI को कुरा गर्दा RSI ले पनि लगानीकर्ताहरुको आवश्यक सक्रिय भूमिकाको अभावमा अधिक बिक्री भइसकेको संकेत रेखा 70 लाइनको सिमा नजिक केही दवाब देख्न सक्ने संकेत बोके पनि अन्य साप्ताहिक संकेतको प्रभावमा उकालो यात्रा केही उतारचढावको बाबजुद निरन्तर नै हुने बुझिन्छ । 

iii)Moving Averages: ­­Potential changes in progress :

चार्टमा आवश्यक परिवर्तनको संकेतले Moving Averages  कमजोर स्थितिबाट बलियो बन्दै गएको देखिन्छ । अन्य प्राविधिक संकेतहरुको सहयोगमा परिवर्तनको क्रममा रहेकाले अझ केही दिनको कारोबार दवाबमुक्त बन्न खरिदकर्ता लगानीकर्ताहरुको सक्रियताले निरन्तरता पाउने सम्भावना बलियो बन्दै । 

iv)Daily MACD / Weekly MACD Divergence & Crossover above Zero line: खरिदारी निरन्तर रहने संकेतको प्रभाव यथावतनै ।

यहाँ कुनै पनि Dominant fundamental factor  को अनुपस्थिति रहेसम्म chart मा प्राप्त MACD Divergence को Daily र Weekly चार्ट र MACD संकेतअनुसार पछिल्ला साता नै सुनिश्चित भइसकेको संकेत अझै प्रभावी नै देख्न सकिन्छ । चित्रमा देखाइएअनुसार गत साताको वृद्धिले पनि Bullish Divergence र क्रसओभरले बुल यात्रा यथावत नै रहेको  देखिन्छ । साथै आउने सातालाई खरिददारीको अनिवार्य अवसर निरन्तर हुने देखाउँछ ।

अन्य प्राविधिक संकेतहरुको प्रभाव निरीह बन्दै : Daily chart  मा प्राप्त MACD Crossover  को Zero line भन्दा माथि तिर र हिस्टोग्राम चार्ट पनि converge हँुदा बजार दवाबमुक्त नै रहेको ।

v)NEPSE Monthly CANDLESTICK CHART : दुरगामी मुख्य ट्रेण्डलाइनको प्रभाव रहेसम्म बजारको आफ्नो लय BULLISH नै कायम रहेको बुझाईले म्याण्डेट प्राप्त गर्न प्रयत्नरतः 

Triangle Limit को तल्लो भाग भन्दा माथि नै बजार फर्किसकेकोले प्राविधिक सेटअप अनुसार बजारको उकालो यात्रा सुनिश्चित बन्दै । कुनै Dominant fundamental factor को जन्म नभएमा प्राविधिक सेटअपले म्याण्डेट प्राप्त गर्ने अभ्यासमा शंका नगरी आउने साताको कारोबारमा भाग लिँदै प्राविधिक गणनामा कारोबार निरन्तर गर्न सकिने । 

कारोबार दिर्घकालिन अवधिको ट्रेण्डभित्र नै रहेको तथा माथि Chart मा Technical Trend line  सेटअपअनुसार बजारको Long term Trend निलो ब्यान्ड(उकालो भित्रको रातो ब्यान्ड (-secondary Trend, Bearish देखिए पनि मुख्य ट्रेण्डलाइनको प्रभाव बुलिस रहेसम्म बजारमा सक्रिय खरिदकर्ता लगानीकर्ताहरुको नेतृत्व हाबी हुने मान्यताले म्याण्डेट प्राप्त गर्नैपर्ने जिकिर अनुसार बजारमा नयाँ प्राविधिक संकेतहरुको विकास हँुदै गएको छ ।