काठमाण्डौ । यो साताको कारोबारको अन्तिम शुक्रबार सुन तोलामा रु. ३०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा रु. ३०० ले घटेर शुक्रबार प्रतितोला छापावाल सुन रु. ७१ हजार ७०० र तेजाबी सुन रु. ७१ हजार ४०० मा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बिहीबार प्रतितोला रु. १०० बढेर छापावाल सुन रु. ७२ हजार २०० र तेजाबी रु. ७१ हजार ७०० मा कारोबार भएको थियो । सुनको भाउ बुधबार प्रतितोला छापावाला रु. ७२ हजार १०० र तेजाबी रु. ७१ हजार ८०० थियो । बुधबार पनि सुनको भाउ तोलामा रु. १०० ले बढेको थियो ।

यसैगरी कारोबारको तेस्रो दिन मंगलबार तोलामा रु ४०० सयले बढेर प्रतितोला छापावाल रु. ७२ हजार र तेजाबी रु. ७१ हजार ७०० मा कारोबार भएको थियो। अघिल्लो दिन सोमबार प्रतितोला छापावाल सुन रु. ७१ हजार ६०० र तेजाबी रु. ७१ हजार ३०० कायम भएको थियो ।

कारोबारको पहिलो दिन आइतबारको तुलनामा सोमबार सुन तोलामा रु. २०० ले घटेको थियो । नेपाली बजारमा आइतबार प्रतितोला छापावाल सुन रु. ७१ हजार ८०० र तेजाबी सुन रु. ७१ हजार ५०० मा कारोबार भएको थियो ।

मूल्य घटबढ भएको यो साता समग्रमा सुनको भाउ रु. १०० ले घटेको छ ।

यसैगरी चाँदीको भाउ भने यो साता समग्रीमा रु. ५ ले बढेको छ । साताको पहिलो दिन चाँदीको मूल्य प्रतितोला रु. ८५५ रहेकोमा अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा रु. ८६० मा कारोबार भइरहेको छ ।