काठमाण्डौ । यो साता सुनको भाउ तोलामै ३ हजार २०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको अन्तिम दिन आज शुक्रबार प्रतितोला फाइन गोल्ड ८५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार १५० रुपैयाँ कायम भएको छ। आज पनि सुनको भाउ तोलामा ९०० रुपैयाँ घटेको छ। 

गत साता शुक्रबार प्रतितोला फाइन गोल्ड ८८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म सुनको भाउ तोलामै ३ हजार २०० रुपैयाँले ओरालो लागेको छ। 

यो साता २ दिन बढेको सुनको भाउ ४ दिन भने ओरालो लागेको थियो। 

यो साता चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँ घटेको छ। गत साता शुक्रबार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार झरेर १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।