काठमाण्डौ । यो साता सेयर बजार ३ दिनमात्र खुला हुने भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यो साता सार्वजनिक बिदा २ दिन परेकाले बजार ३ दिनमात्र खुल्ने भएको हो। सातामा शुक्रबार र शनिबारबाहेक अन्य दिन सेयर बजार खुल्ने भए पनि यसपालि सोमबार र बिहीबार सार्वजनिक बिदा परेकोले ३ दिनमात्र बजार खुल्ने भएको छ।

यो साता आज सोमबार नारी दिवस र बिहीबार महाशिवरात्री परेकोले बजार बन्द हुनेछ। साताको पहिलो दिन आइतबार बजार दोहोरो अंकको करेक्सनका साथ बन्द भएको थियो। अब भोलि मंगलबार र बुधबारमात्र बजार खुल्नेछ।

यो साता बुधबारपछि अर्को साता आइतबारमात्र बजार खुल्नेछ।