काठमाण्डौ । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । 

रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमण मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजार सम्मको भारी छुट दिने भएको छ ।
कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ ।

साथै कम्पनीले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ । यसैगरी कुनैपनि पुरानो मोटरसाईकलको एक्सचेन्ज गर्दा रु. ३० हजार न्यूनतम मूल्यांकन गरिने कम्पनीले बताएको छ।

देशैभरी करिब २२ वटा शोरुम बाट ग्राहकले दशैं तिहार अंतर्गत रु ५१ हजार सम्म छुट का साथ सेल्स, सर्भिस र स्पेयर पार्टस को सुविधा पाउने कम्पनीको भनाइ छ ।  रमन मोटर्सले हाल ८० सीसीका सस्ता देखि २०० सीसी सम्मका प्रिमियम  मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको र उक्त ब्राण्ड को दिन दिनै बजार बढ्दै गएको कम्पनीले जनाएको छ ।