काठमाण्डौ । बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकलले नेपाली नयाँ वर्षलाई लक्षित गरी ‘नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ। 

कोरोनाको लामो कहरपछि केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई थप ऊर्जा प्रदान गर्न रमन मोटर्सले प्रत्येक रनर मोटरसाइकलको खरिदमा सीधै नगद २१ हजार रुपैयाँ छुट दिने भएको छ। यतिमात्र नभई प्रत्येक मोटरसाइकलको खरिदमा २० फ्री सर्भिसिङका साथै सर्वाधिक ६ वर्षसम्मको वारेन्टी दिने भएको छ। साथै, कुनै पनि पुरानो मोटरसाइकलको एक्सचेन्ज गर्दा ३० हजार रुपैयाँ न्यूनतम मुल्यांकन गरिने कम्पनीले जनाएको छ।

हाल रमन मोटर्सले जम्मा १ लाख १० हजार रुपैयाँ पर्ने कम मूल्यका ८० सीसीदेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको र दिनदिनै बजार बढ्दै गएको कम्पनीका बिजनेस डेभलेपमेन्ट हेड सन्तोष न्यौपाने बताउँछन्। ‘पछिल्लो समय ग्राहकले रनरका सबैजसो मोडलमा रुचि राखेका छन् भने रनर हक २०० सीसीको अफरोड मोटरसाइकललाई अत्याधिक मन पराइको छ’, न्यौपाने भन्छन्।