काठमाण्डौ । रवि लामिछानेले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।
लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट नागरिकताको प्रमाणपत्र लिएका हुन्। उनले २०५० सालमा लिएको नागरिकता नम्बर नै कायम गरिएको छ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुनबमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो। यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पद पनि गुमाएका थिए।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायाले लामिछानेले नागरिकता ऐन २०६३ को दफा ११ र नागरिकता नियमावलीको नियम ११ मा उल्लेख भएबमोजिमका कागजात पेस गरेपछि नागरिकता प्रदान गरिएको बताए। नागरिकता नियमावली २०६३ को दफा ११ मा पुनस् नेपाली नागरिकता कायम गर्नेसम्बन्धी व्यवस्था छ।
नेपाली नागरिकताको प्रमाणपत्र लिएसँगै लामिछानेलाई आजै रास्वपाको सभापति बनाउने तयारी गरिएको छ। यसका लागि आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय समितिको बैठक डाकिएको छ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago