काठमाण्डौ । सेयर बजारका चर्चित लेखक तथा विश्लेषक रविन्द्र भट्टराईले धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै तोकेर जोखिमयुक्त भनेको विषयलाई दानव नृत्यको संज्ञा दिएका छन् । 

फेसबुक स्टाटस पोस्ट गर्दै उनले बोर्डको यो कदमलाई दानव नृत्यको संज्ञा दिएका हुन् । 

'रेफ्रीले नै यो टीमले जित्छ र हार्छ र यो टीममा बाजी थाप भन्छ भने त्यो खेलको पारदर्शिता कति होला ?' प्रश्न गर्दै भट्टराईले भनेका छन्-'धितोपत्र बोर्डमा दानव नृत्य चलिराछ।'

धितोपत्र बोर्डले आज सेयर बजारमा कारोबारमा रहेका कम्पनीमध्ये ५१ वटा कम्पनीको सूचि सार्वजनिक गर्दै तिनीहरुको सेयरमा लगानी जोखिमयुक्त भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो । यो सूची सार्वजनिक भएसँगै बोर्डको कदमको सर्वत्र आलोचना भइरहेको छ । बोर्ड आफैंले सर्कुलर ट्रेडिङ गरेको र लगानीकर्ताको लगानीमा खेलवाड गरेको आरोप लागिरहेको सन्दर्भमा सेयर बजारसँग सम्बन्धित दर्जन बढी पुस्तक र खोज प्रकाशित गरेका भट्टराईले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।