काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा जनचेतनासम्बन्धी ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम देशव्यापी बन्दै गएको छ।
युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रमप्रति युवावर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ । यसै सन्दर्भमा गएको हप्ता यो कार्यक्रम बर्दिया जिल्लाको राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र वीरगन्जमा सम्पन्न भएको छ। मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो ।
कम्पनीका क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिएका थिए। कार्यक्रममा अतिथि गिरिराज देवकोटा, अभियानका केन्द्रीय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख वीरेन्द्र राज लम्सालले कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए।
कार्यक्रमको सञ्चालन महालक्ष्मी लाइफका गुलरिया प्रमुख खुमेश सुवेदीले गरेका थिए।
त्यसैगरी मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखी क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भयो । क्याम्पस उपप्रमुख अरुणकुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय प्रमुख तेजेन्द्र न्यौपानेले बीमासम्बन्धी प्रशिक्षण दिएका थिए।
कार्यक्रमको महत्व बारेमा क्याम्पस उपप्रमुख अरुण कुमार चन्द, अभियानका केन्द्रीय सदस्य तारावती चौधरी, एजेन्सी मेनेजर सीता चौधरीले प्रकाश गरेका थिए। कार्यक्रमको सञ्चालन महालक्ष्मी लाईफको राजापुर कार्यालय प्रमुख सन्नी कडायतले गरेका थिए।
वीरगन्जको बीपीसी कलेजमा पनि मंसिर ८ गते बीमा जागरणसम्बन्धी कार्यक्रम सञ्चालन भएको थियो। कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ४८ जनाको उपस्थिति थियो ।
कार्यक्रममा महालक्ष्मी लाइफका क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए भने रञ्जित पटेल र रोहित गुप्ताले कार्यक्रमको महत्वमा प्रकाश परोका थिए।
त्यसैगरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । एमबीबीएस, बीडीएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रीय सदस्य विनु कर्माचार्यले, कार्यालय प्रमुख रिकेश कायष्थ तथा कलेजका डिन डा. राजेन्द्र कोजुले बीमाको महत्व बारेमा प्रकाश पारेका थिए।
कार्यक्रममा महालक्ष्मी लाइफका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए। कार्यक्रमको सञ्चालन सदीक्षा गुरुङले गरेकी थिइन्।
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago