काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्यले भनेको क्षेत्रमा लगानी गर्न बैंकहरुले जोखिम देख्ने गरेको बताएका छन्।
निक्षेप तथा कोष सुरक्षण कोषको आज आयोजित ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेका छन्’, उनले भने, ‘तर, राज्यले नयँ उद्यमी बनाउन, उत्पादन बढाउनेलगायतका उद्देश्य राखेको हुन्छ। बैंकहरुले भने राज्य भनेको क्षेत्रमा जोखिम देख्छन्।’
यिनै कारणले गर्दा नियामकले नै छुट्याएर यी क्षेत्रमा यति कर्जा लगानी गर भन्ने गरेको गभर्नर अधिकारीको भनाइ छ। ‘जथाभावी कर्जा प्रवाह गर्दा केही वित्तीय संस्था संकटमा परेका छन्’, उनले भने, ‘राष्ट्र बैंकले अहिलेसम्म १५ वटा वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ।’
निक्षेप र कर्जा दुवैको सुरक्षण कोषले गरिरहेको उल्लेख गर्दै गभर्नर अधिकारीले कोषले गर्नुपर्ने काम अझै धेरै रहेको बताए। ‘अहिलेसम्म झन्डै ३ खर्ब कर्जा सुरक्षण भएको देखिएको छ’, उनले भने।
विश्व बैंकको पछिल्लो प्रतिवेदनले सन् २०२३ सम्म विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने उल्लेख गरेको छ। ‘यदि विश्व अर्थतन्त्रमा आएको मन्दीले वित्तीय संस्थामा केही असर गर्यो भने समग्र अर्थतन्त्रमा प्रभावित हुन्छ’, उनले भने।
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago