काठमाण्डौ । रादी विद्युत कम्पनी लिमीटेडले आजदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ । 

कम्पनीले १ः१.४७५२ को अनुपातमा आफ्ना सेयरधनीका लागि हकप्रद सेयर निश्कासन गरेको हो । 

सेयरधनीहरुले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.४७५२ अनुपातमा हकप्रद सेयर खरीदका लागि आजदेखि आवेदन दिनसक्नेछन् । 

हकप्रद सेयर निश्कासन प्रयोजनकै लागि कम्पनीले भदौ १२ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । त्यसको अर्थ भदौ ११ गतेसम्म कम्पनीको सेयरधनी कायम सबैजनाले हकप्रद खरीद गर्नसक्नेछन् । 

हाल रादी विद्युत कम्पनीको चुक्तापूँजी ६४.६४ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा कम्पनीले ९५.३५ करोड रुपैयाँ बराबरको हकप्रद निश्कासन गरेको हो । यो हिसाबले कम्पनीले १०० रुपैयाँ अंकित दरका ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्रीमा राखेको छ । 

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 

रादीलाई नियामक धितोपत्र बोर्डले गत साउन ९ गते हकप्रद सेयर निश्कासनको स्वीकृति दिएको थियो ।