काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 
कम्पनीको असार २९ गते हुने वार्षिक साधारणसभामा सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव र कर प्रयोजनलाई समेत हुने गरी ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने साधारण प्रस्ताव स्वीकृत हुनेछ । 
गत जेठ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४र७५ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यकसहित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो। 
हाल यो कम्पनीको चुक्तापूँजी ४५ करोड १० लाख रुपैयाँ रहेको छ । यसैको ५ प्रतिशतको दरले बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 
यस्तै वार्षिक साधारणसभामा कम्पनीले लगानीकर्तालाई बोनस सेयर वितरण गर्दा अंकमा पछाडि दशमलबको अंक ५ वा सोभन्दा बढी हुन आएमा त्यसलाई एक कित्ता बोनस सेयर काम गरी सोको नपुग रकम सम्बन्धि सेयरधनीहरुबाट प्राप्त गर्ने र दशमलब पछाडिको अंक ५ भन्दा कम हुन आएमा सो कम हुन आएको दशमलब पछाडिको अंकलाई सयले गुणन गरी नगद लाभांसमा समायोजन गरी सेयरधनीहरुलाई नगदै उपलब्ध गराउने निर्णय पारित गर्ने छ । 
कम्पनीले कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै आ.व. २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०७५÷७६ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण साधारणसभामार्फत कम्पनीले गर्ने छ ।