काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आउँदो असोज ५ गतेबाट हकप्रद सेयर बिक्री गर्ने भएको छ।

कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो। कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ। 

यो हकप्रदमा आउँदो असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ।

राधी विद्युतले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत भदौ १२ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ भदौ १० गते (भदौ ११ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्। 

हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।