काठमाण्डौ । राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

मंगलबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफा ३३.९७ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५ करोड ५२ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा १४.४७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ९ करोड ४५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर १० करोड ८१ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको उत्पादन खर्च समीक्षा अवधिमा ११.३० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ करोड ५७ लाख रुपैयाँ रहेको यस्तो खर्च बढेर समीक्षा अवधिमा १ करोड ७४ लाख रुपैयाँ पुगेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.६४ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको ईपीएस ११.६७ रुपैयाँ रहेको थियो। पीई रेसियो ११.४५ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३८.९२ रुपैयाँ रहेको छ।