काठमाण्डौ । राधी विद्युत कम्पनीको लिलामी सेयरमा खरिद आवेदन दिने आज मंसिर ८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत कात्तिक २९ गतेबाट अवितरित १३ लाख ५२७.९९ कित्ता हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। यो लिलामी सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।
कम्पनीले गत असोज ५ गतेबाट असोज २५ गतेसम्म चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । जसमा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो।
यो लिलामी सेयर खरिदका लागि इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन।
लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र काठमाण्डौको नक्सालस्थित मुक्तिनाथ क्यापिटलको कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, विराटनगर, इलाम, बिर्तामोड, वीरगन्ज, जनकपुर, नारायणगढ, हेटौँडा, पृथ्वीचोक (पोखरा), बागलुङ, बुटवल, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ।
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago