काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको आज सम्पन्न वार्षिक साधारणसभाबाट बोनस सेयर जारी र हकप्रद निष्कासनको मुख्य प्रस्ताव पारित गरेको छ।

काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि घोषणा गरिएको चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर (करबाहेक) अनुमोदन गरेको हो। कम्पनीको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ रहेको छ।

सभाले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२ अनुपात) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गरेको छ।