काठमाण्डौ । भविष्यमा आइपर्ने भवितव्यको सामना गर्न सजिलो हुुने अभिप्रायले अक्सर आम मानिसहरुले जीवनमा एकपल्ट भएपनि बिमा गरेकै हुुन्छन् । निशंकोच भई भन्नुुपर्दा बिमा खरीद गर्नुु जीवनको महत्वपूर्ण निर्णयमध्ये एक हो । हामीमध्ये अधिकांशले अनुुमान या त कसैको लहडमा लागेर बिमा खरीद गरिरहेका हुुन्छौ । यसो गरी बिमा गर्दा हुुने नोक्सानीको भागिदार अरु कोही नभई हामी स्वयम् नै हुनुपर्ने हुन्छ । तपाईको बिमा एजेन्ट वा सल्लाहकार तपाइलाई सही सूचना प्रदान गर्न र मार्गदर्शन पहिल्याउने मामिालामा तपाइको प्राथमिक स्रोत हुुन् । जहाँ तपाईको एजेन्टले भित्री ह्रदयदेखि नै तपाइको हित चाहन्छ, त्यहीँ धोखा गरेर गलत बिमा भिडाएका कयौ उदाहरणहरु पनि बेला बेला आइरहेका हुुन्छन् । त्यसैले कुुनै पनि बिमा एजेन्ट वा प्वाइन्ट अफ सेल्स पर्सनबाट बिमा योजना खरीद गर्नुुपूर्व निम्न प्रश्नहरु आफूले आफैलाई सोध्नुुपर्दछ । ताकि तपाइले खरीद गर्ने बिमा योजनाबारे तपाइले राख्नुु भएका अपेक्षाहरु बारे तपाई स्पष्ट हुुन सक्नुुहुोस् ।

–मेरो वर्तमान र भविष्यका आवश्यकताहरु के–के हुुन् ?
–विश्वसनीय बिमा सल्लाहकारको उचित सिफारिस कस्ले गर्न सक्छ ?
–मेरो प्रिमियम राशीको सिमा कति छ ?

एजेन्टमार्फत बीमा योजना खरीद गर्नुुपूर्व यी प्रश्नको जवाफ दिनुु एकदमै महत्वपूर्ण हुुने गर्दछ । तपाइलाई उपयुुक्त हुुने बीमा योजना खरीद गर्नुुपूर्व विभिन्न बीमा कम्पनी तथा सल्लाहकारसँग बसेर जानकारी लिन सकिन्छ । यहाँ हामी तपाइलाई कुुनै एजेन्टले तपाइलाई सही सल्लाह दिइरहेको छ कि छैन भनेर कसरी थाहा पाउने भन्ने बारे पनि जानकारी दिंदैछौ । 

१. एजेन्टले आफूले गर्नुपर्ने सबै अनुसन्धान गरेको छ कि छैन ?
बीमाको आवश्यकता प्रत्येक व्यक्तिपिच्छे फरक हुुने गर्दछ । सम्भावित ग्राहकलाई बीमा योजना दिनुुभन्दा पहिले एउटा प्रतिबद्ध एजेन्टले आफ्नो सम्पूर्ण गृहकार्य गरेको हुुनुुपर्दछ । त्यसैले यस्तो एजेन्ट छान्नुुस् जो तपाईको श्रेणीभित्र विभिन्न उत्पादनको बारेमा जानकार होस् । यसका साथै उनीहरुलाई तपाइका मनमा उब्जेका प्रश्नहरु सोध्नुु पर्दछ, जसले गर्दा तपाई पछि निर्धक्क भई आफ्नो बीमा प्रोफाइल एजेन्टलाई प्रदान गर्न सक्नुुहुुन्छ । सही सल्लाहकारले तपाइको वित्तीय आवश्यकता तपाइको प्रिमीयम भुुक्तानी गर्ने क्षमतालाई सही तरिकाले बुुझेको हुुन्छ । जसको परिणाम स्वरुप एजेन्टले तपाइलाई यस्तो प्रोडक्ट वा योजना खरीद गर्न सुुझाव दिन्छ, जुुन तपाइको आवश्यकता र क्षमता अनुुरुप हुुने गर्दछ । 

२.राम्रा बीमा एजेन्टले तपाइको कुुरालाई विषेश ध्यान दिन्छन
बीमा सल्लाहकार यस्तो हुुनुुपर्दछ, जसले आफ्नो फाइदा हेर्नुुभन्दा पनि तपाइको आवश्यकता पूरा गर्नतर्फ लागोस् । जसले इमान्दारिकताका साथ तपाइलाई उपयुुक्त हुने योजना बारे जानकारी देओस् । राम्रो बीमा सल्लाहकारले आफ्नो सम्बन्धलाई सार्थक तुुल्याउन आफ्नो ग्राहकलाई सधै उपयुुक्त र फाइदाजनक सल्लाह दिने गर्दछ । यसले दुुवै पक्षलाई लाभ पुुर्याउँछ किनकी तपाइको भविष्यको आवश्यकता बीमामार्फत परिपुुर्ति गर्न एजेन्टले सही सल्लाह प्रदान गर्नै गर्दछन् । 

३.राम्रा एजेन्ट इमान्दार हुुने गर्दछन् 
एउटा लामो अवधिको योजनाका लागि एजेन्टको सल्लाह मान्नुुभन्दा पहिले उसको विगतको कार्य अनुुभवको बारेमा प्रश्न गर्नुुपर्दछ । जस्तै उसले पहिले कुुन कुुन कम्पनीमा काम गरिसकेको छ र ती पूर्व कम्पनी छोड्नुुुको कारण के थियो ? यसले तपाइलाई एजेन्टले प्रत्येक बीमा प्रदायकसंग व्यतीत गरेको अवधिको बारेमा अनुुमान लगाउन सजिलो पर्छ । यदि एजेन्टले पटक पटक कम्पनी बदलेको रैछ भने यसबारे तपाइले प्रश्न उठाउन सक्नुुहुुन्छ ।