काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ। 

वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झन्डोत्तलन गरेका थिए। वर्षिकोत्सवका अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको ब्लडब्याग कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। 

त्यसपश्चात प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले विभागीय प्रमुख विनयरमण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर सुरु गरिएको रक्तदान कार्यक्रममा ६७ जना बैंक कर्मचारीहरुले रक्तदान गरेका थिए। वार्षिकोत्सवका अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ। वर्षिकोत्सवका विविध कार्यक्रम संघका विभिन्न क्षेत्रीय समितिहरुमा समेत सञ्चालन गरिएको थियो। 

रा.वा. कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो। संघले पेसागत हकहित तथा संस्थाको सम्वर्द्धनका विषयमा जोडदार आवाज उठाउँदै आइरहेको छ।

संघका महासचिव लक्ष्मीप्रसाद पाण्डेद्वारा सञ्चालित रक्तदान कार्यक्रममा रक्तदान कार्यकमका संयोजक बद्रीप्रसाद तिमिल्सिना, कार्यकारिणी समितिका पदाधिकारी, केन्द्रीय समिति तथा क्षेत्रीय समितिका पदाधिकारी, नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल रा.वा.बैंकका अध्यक्ष गगनसिंह घिमिरे तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख, कम्पनी सचिव, उपप्रमुख, शाखा प्रबन्धक तथा कर्मचारीको उपस्थिति थियो।